कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मुख्यमन्त्री यादवलाई सिन्धुली बर्दिबासको पानस होटलमा शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २४ कार्तिक । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)को संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं आउँदै गरेकी प्रदेश प्रमुख भण्डारीले बाटोमै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । उनले मुख्यमन्त्री यादवलाई सिन्धुली बर्दिबासको पानस होटलमा शपथ खुवाएकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनलले राजीनामा दिएपछि मधेशको मुख्यमन्त्री पद रिक्त थियो । प्रदेशसभामा ठूलो दलको हैसियतमा भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार