काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक (आइजीपी) पदमा एआइजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक २७ गते देखी लागु हुनेगरी नेपाल प्रहरीको प्रहरी महानिरिक्षक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभयो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्की एआइजी वरीयताको पहिलो नम्बरमा हुनुहुन्थ्यो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उपत्यकाको कमाण्ड सम्हालेका उहाँ प्रहरी संगठनमा क्षमतावान र निर्भिक अफिसरका रूपमा चिनिनुहुन्छ । कार्कीसँग चुनौतिपूर्ण घडीमा संवेदनशील ठाउँमा कुशलतापूर्वक कमाण्ड सम्हालेको अनुभव रहेको छ ।
हालका आइजीपी चन्द्रकुवेर खापुङ्ग ३० वर्षे पदावधिका कारण २७ कार्तिक गतेदेखि अवकाशमा जाँदै हुनुहुन्छ । विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उहाँ करिब साढे २ वर्ष नेतृत्वमा रहनुहुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया