कार्तिक २५, २०८३ बुधबार November 11, 2026

दुर्गा प्रसाँइको पूर्वघोषित आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारसँग भयो सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : सरकारले कडा व्यवहार देखाएपछि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आइतबारबाट घोषणा गरेको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ। प्रसाईँ अहिले प्रहरी हिरासतमा छन्। उनको समूहले आमहड्तालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।

आइतबार सो समूह सरकारसँग वार्ता गर्न बालुवाटारमा गएको थियो। तर प्रधानमन्त्रीको सट्टा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार अजयभद्र खनालले समूहसँग वार्ता गरे। वार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्रीका सल्लाहकार गोविन्दनारायण तिमिल्सिना समेत थिए।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको र वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको सार्वजनिक भएको सहमति पत्रमा उल्लेख छ।
महाअभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम फिर्ता लिएको उल्लेख छ। वार्तामा प्रसाईँको तर्फबाट सचिव प्रेमदीप लिम्बुसहित विनोदमणि भट्टराई, लवण न्यौपाने र डा नीराजन प्रसाईँ संलग्न थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार