मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० मङ्सिर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।

सअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मङ्सिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ वटा दलबाट निवेदन प्राप्त भएको जनाइएको छ । आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरुको सङ्ख्या १३७ रहेको आयोगले जनाएको छ ।

यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ९९ दिन बाँकी रहेको छ ।

यसैगरी आगामी ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिर १ गतेदेखि ७ गतेसम्म तोकेकामा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि निवेदन प्राप्त भएकोसमेत आयोगले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
२०८२ मंग्सिर ११, बिहिबार
राजमार्ग अतिक्रमित गरी बनाइएका घर टहरा हटाउन सुरु
२०८२ मंग्सिर ११, बिहिबार
एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती
२०८२ मंग्सिर ११, बिहिबार
नेकपा र जसपा एकता पक्षधर समूहबीच १० बुँदे सहमति
२०८२ मंग्सिर ११, बिहिबार
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार