मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

रवि र छविको सहकारी ठगी मुद्दामा आज सुनुवाइ हुने

सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा आज (बुधबार) उच्च अदालत बुटवलमा पेसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा आज (बुधबार) उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

गत हप्ता, लामिछाने पक्षका वकिलले निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको थियो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले भने, “गत हप्ता रोकिएको मुद्दामा आज पेसी तोकिएको छ, अब के निर्णय हुन्छ हेर्न बाँकी छ।”

बुटवलको सुप्रिम सहकारी ठगी मामलामा, लामिछाने थुनामा रहँदा आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो रकम अदालतमा पेश गरेका थिए। तर, संपूर्ण १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम भएकाले जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको थियो। जोशीले पनि आफ्नो भागको जमानत पेश गरेका छन्।

हाल, रवि काठमाडौं कारागारमा र जोशी भैरहवा कारागारमा छन्। अदालतले दुवैको रिहाइबारे निर्णय लिन बाँकी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
२०८२ मंग्सिर ११, बिहिबार
राजमार्ग अतिक्रमित गरी बनाइएका घर टहरा हटाउन सुरु
२०८२ मंग्सिर ११, बिहिबार
एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती
२०८२ मंग्सिर ११, बिहिबार
नेकपा र जसपा एकता पक्षधर समूहबीच १० बुँदे सहमति
२०८२ मंग्सिर ११, बिहिबार
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार