कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कमला नगरपालिका नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घाट निर्माण गर्ने कार्यमा न्यूनतम कबोल गर्ने फर्मसँग सम्झौता नगरी दोस्रो प्रस्ताव दातासँग मिलेमतोमा सम्झौता गरेको भन्ने आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर ११ गते । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार  उक्त नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल (पाँचौं) सञ्जिव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन र एस एण्ड एस विल्डर्स प्रा।लि।, धनुषाका अध्यक्ष सन्तोष कुमार यादवविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरुले कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा न्यूनतम कबोल गर्ने फर्मसँग सम्झौता नगरी दोस्रो प्रस्ताव दातासँग मिलेमतोमा सम्झौता गरेको भन्ने आरोप लागेको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा धनुषा कमला नगरपालिका वडा नं। ३ स्थित लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणसहित सौन्दर्यकरण गर्ने आयोजनाको लागि मूल्य अभिवृद्धि करसहित ७५ लाख रुपियाँको लागत अनुमान स्वीकृत गरिएको थियो ।

मिति २०७६ चैत १८ गते राष्ट्रिय स्तरको बोलपत्रमार्फत उक्त निर्माण कार्यकोे लागि प्रस्ताव आह्वान गरेको, मिति २०७७ वैशाख २३ गते खरिद मुल्याङ्कन समितिको बैठकले सबैभन्दा कम कवोल गर्ने बोलपत्रदाता सेट स्क्वायर कन्सट्रक्सन प्रालिले कवोल गरेको अङ्क ४२ लाख ७४ हजार ५५१ रुपियाँ र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स प्रा।लि।ले कवोल गरेको अङ्क ७२ लाख २१ हजार ७३० रुपियाँ रहेको देखिएकोमा उक्त मुल्याङ्कन समितिको बैठकबाट सबैभन्दा कम कवोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालि, राजविराज–४, सप्तरीको मूल्य अभिवृद्धि करसहित ४२ लाख ७४ हजार ५५१ रुपियाँ बराबरको प्रस्ताव सारभूत रुपमा प्राभावग्राही भनी सिफारिस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार