कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले धरौटीमा छाड्ने आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी तोकेपछि रिहा भएका छन् । न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

महरालाई सीआईबीले असोज २६ मा नियन्त्रणमा लिएको थियो । २०७९ पुस १० मा फ्लाई दुबईको विमानबाट आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएको दुई सुटकेशमा ७३० भेपमार्फत ८ करोड ५५ लाख बराबरको सुन तस्करी भएको थियो । भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा सुन बेचेको अनुसन्धानले देखाएको थियो ।

उक्त सुन छुटाउन महराले दबाब दिएको आरोप छ । उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परेर जेल चलान भएका थिए । भेप साटिएको शंका लागेपछि भन्सारले सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो । दुई महिनाको छानबिनपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार