कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मानव बेचबिखनका मुद्दामा सहकार्य आवश्यक : महान्यायाधिवक्ता भण्डारी

मानव बेचबिखन तथा ओसारपसारलाई विश्वव्यापी रूपमै गम्भीर अपराध मानिने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धुलिखेल (काभ्रेपलाञ्चोक), १२ मङ्सिर : महान्यायाधिवक्ता सविता भण्डारीले मानव बेचबिखनका मुद्दामा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय सम्पादन गर्ने निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । यी निकायबीच सहकार्य हुँदा पीडितले न्याय पाउने उहाँले बताउनुभएको हो ।

आज माइती नेपाल र महान्यायाधिवक्ता कार्यालयको सहकार्यमा धुलिखेलमा ‘मानव बेचबिखन प्रभावित-पीडितमैत्री छिटोछरितो न्याय सम्पादन’ विषयक कार्यशाला गोष्ठीमा उहाँले मानव बेचबिखन तथा ओसारपसारलाई विश्वव्यापी रूपमै गम्भीर अपराध मानिने उल्लेख गर्नुभयो । महान्यायाधिवक्ता भण्डारीले अवैध हातहतियार र लागुऔषधपछिको तेस्रो ठूलो गैरकानुनी व्यापारका रूपमा मानव बेचबिखन रहेको बताउनुभयो ।

उहाँले नेपालमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा आर्थिक वर्ष २०७६-७७ मा ३८५ वटा, आव २०७७-७८ मा ३७५ वटा, २०७८-७९ मा ३८६ वटा, २०७९-८० मा ३६६ वटा र आव २०८०-८१ मा ३७३ वटा मुद्दा अभियोजन गरेको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डिजिटल बोर्डमार्फत नाकाहरूमा सचेतनात्मक सन्देशहरू राखेर सुसूचित गराइरहेको र संयुक्त कार्यदल बनाएर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले माइती नेपालले सुरुआत गरेको काममा धेरै संस्थाहरूले काम गरिरहेको बताउनुभयो । मानव बेचबिखनको कुरा सीमापारको विषयमात्र नभएर वैदेशिक रोजगार र साना बालबालिकालाई प्रयोग गरी सीमाक्षेत्रमा लागुऔषध ओसारपसार हुने गरेको पाइएकाले उहाँले प्रशासनलाई ध्यानाकर्षण गराउनुभयो ।

आजबाट सुरु भएको दुईदिने गोष्ठीमा पाँचवटा प्रदेशका जिल्ला न्यायाधिवक्ता र जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका अधिकृतहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपहिरोले अवरुद्ध बेनीको खानेपानी सेवा वैकल्पिक पाइपलाइनबाट सञ्चालनमा
२०८३ कार्तिक २५, बुधबार
फेरिँदै देउसीभैलो खेल्ने शैली
२०८३ कार्तिक २५, बुधबार
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार