श्रावण ११, २०८३ सोमबार July 27, 2026

नेकपाले मंसिर २० गते जनकपुरमा ४० हजार कार्यकर्ता उतार्ने

जनकपुरमा नेकपाको शक्ति प्रदर्शन : एकता सन्देशसभाका लागि तयारी पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १६ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यही मंसिर २० गते जनकपुरमा ‘एकता सन्देशसभा’ आयोजना गर्ने भएको छ। पार्टीका नेता महिन्द्र राय यादवका अनुसार सभाका सबै तयारी पूरा भइसकेका छन्।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता यादवले जनकपुरको तिरहुतियामा भव्य सभा हुने जानकारी दिए। सो सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि सोमबार विराटनगरमा नेकपाको सन्देशसभा सम्पन्न भएको थियो। जनकपुरको सभालाई संगठन तथा शक्ति प्रदर्शनका हिसाबले थप ठूलो बनाउने योजनाअनुसार ४० हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी गराइने तयारी रहेको यादवले बताए।

नेकपाले देशका विभिन्न स्थानमा आयोजित सन्देशसभामार्फत पार्टी एकता र राजनीतिक दिशाबारे जनस्तरमा सन्देश प्रवाह गरिरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार