काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले राजनीनामा दिएलगत्तै बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ प्रक्रिया सुरु भएको हो ।
सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखिएपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका थिए। यससँगै नयाँ सरकार गठन प्रक्रिया संविधानको व्यवस्था अनुसार अघि बढेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया