असार २३, २०८२ सोमबार July 7, 2025

भान्जाले आफ्नै माईजु भगाएपछि मामा तनावमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‍ंः मायाले नाता, जात, धर्म र उमेर केही भन्दैन । यो सधै सुनी राखेको कुरा हो । मध्य प्रदेशमा त्यस्तै एउटा घटना भएको छ । एक व्यक्तिको आफ्नै भान्जाले आफ्नै पत्नीलाई भगाइदिएका छन् । भान्जाले माइजुलाई भगाएको आरोप लगाएर मामाले प्रहरी कार्यालयमा रिपोर्ट लेखाउँदा प्रहरी पनि आश्चर्य चकित भयो ।

वास्तवमा महिला आफै लापत्ता भएकी थिइन् । ति महिलाको २१ वर्षका भान्जासँग अफेयर चलेको थियो । उनी पतिसँग बस्न चाहानन्थिन् । महिलाले कयौपटक पतिलाई सम्बन्ध विच्छेद गरौ भन्दा नमानेपछि यस्तो गरेको बताइन् र अन्तिममा भान्जासँग भाग्ने निर्णय गरिन् ।

महिलाले फसाउन वा मायाले भान्जासँग पटक–पटक शारीरीक सम्बन्ध राखेकी थिइन् । यसपछि भान्जालाई लिएर एकाएक फरार भइन् । महिलाले प्रहरीसमक्ष भान्जासँग विवाह गरेर उनैसँग जीवन बिताउन चाहेको जानकारी दिइन् ।

अर्को तर्फ महिलाको पतिले भने अझैपनि आफु पत्नीसँग बस्न चाहेको प्रतिक्रिया दिएका छन् । उनले पत्नीले अरुको बहकावमा आएर यस्तो काम गरेको बताईरहेका छन् । तर महिलाले भने अब पतिको साथ छाडेर भान्जासँग बस्ने निर्णय गरीसकेकी छिन् । महिला र भान्जा आफ्नो जीवनको निर्णय गर्न सक्ने भएकोले कुनै कारवाही नहुँने प्रहरीले बताएको छ । महिला २ बच्चा र पतिलाई छाडेर आफैं भान्जासँग गएकी हुन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया