कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मधेशमा अघिल्लो सरकारले गरेका दर्जनौं महत्त्वपूर्ण निर्णयहरू खारेज

मधेशमा तत्कालीन क्याबिनेटका सबै निर्णय बदर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नवगठित मधेश प्रदेश सरकारले यसअघिको सरकारले गरेका सबै निर्णयहरू बदर गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन सरकारले जारी गरेका सम्पूर्ण क्याबिनेट निर्णयहरू खारेज गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रोहित कुमार कोइरालाले जानकारी दिए।

उक्त अवधिमा संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतमा मध्यरातमा मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादव नेतृत्वको सरकारले दर्जनौँ महत्त्वपूर्ण निर्णयहरू गरेको थियो। ती निर्णयहरू औपचारिक प्रक्रिया, कानुनी आधार र राजनीतिक परिस्थितिसँग मेल नखाने भन्दै नयाँ सरकारबाट पुनरावलोकन तथा खारेजी गरिएको हो।

सरकारका एक अधिकारीका अनुसार बदर गरिएका निर्णयमध्ये कतिपय नियुक्ति, समायोजन, बजेट पुनर्विनियोजन तथा प्रशासनिक संरचना परिवर्तनसम्बन्धी विषय थिए। नयाँ सरकारले आवश्यक ठानिएका नीति तथा योजना पुनः मन्त्रालयहरूबाट प्रस्ताव गराएर कानुनीरूपमा अघि बढाउने तयारी गरेको बताइएको छ।

मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेपछि सरकारले प्रशासनिक पारदर्शिता, निर्णय प्रक्रियाको विश्वसनीयता र सुशासनलाई प्राथमिकतामा राख्दै विवादित तथा हतारमा गरिएका निर्णयहरू रोक्न कदम उठाएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार