असोज ९, २०८३ शुक्रबार September 25, 2026

घरपायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्। आइतबार भने उनमा उत्साह थियो। स्थगित परीक्षा तेस्रो पटकको प्रयासमा दिन पाइन्।

‘तयारी गर्‍यो परीक्षा रोकिने, विद्यार्थीलाई यो भन्दा तनाव अरु के हुन्छ र रुु, उनले भनिन्, ‘एक पटक परीक्षा दिनु नै छ। विश्वविद्यालले घर नजिकै सेन्टर तोकेर परीक्षा सुरु गर्‍यो। हामी खुसी छौं।’

उनीमात्रै होइन, सोही संकाय पढ्ने ८५ जना विद्यार्थीको परीक्षा आइतबारबाट सुरु भएको छ। प्रायः सबै विश्वविद्यालयको परीक्षा अन्योल भइरहेका बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तह र स्नातक तहको परीक्षा थालेको हो। विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा सुरु गरेको छ। विद्यार्थीको सेमेष्टर नोक्सान हुन नदिन विश्वविद्यालयले नमुनाशैलीमा परीक्षा गरेको हो।

विद्यार्थीको घर पायकमा परीक्षा केन्द्र तोक्ने क्रममा एक जना हुम्लाका विद्यार्थीका लागि उहीं केन्द्र तोकिएको छ। विश्वविद्यालयका रजिष्ट्रार डा। तिलक आचार्यले विश्वविद्यालयले चुनौतिपूर्ण अवस्थामा पनि सहज तरिकाले परीक्षा सुरु गरेको बताए। ‘हामीले हुम्लाका एक विद्यार्थीका लागि उही केन्द्र तोकेर परीक्षा लियौुं, उनले भने,‘शैक्षिक कार्यक्रमको अन्योलता हटाउँदै अघि बढ्नुको विकल्प नभएकाले स्वास्थ्य साबधानी सहित परीक्षा सुरु गरेका छौं।’

लुम्बिनी, काठमाण्डौं, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोएिको छ। स्नातकोत्तर तहमा भने अनलाइनमार्फत परीक्षा लिइएको हो। स्नातक तहका विद्यार्थीहरुले परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा दिएका छन्।

हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिए। परीक्षा केन्द्राध्यक्ष बसन्त रोकायले एकै समया परीक्षा भएको बताए। हुम्लामा प्रश्नपत्र इमेलमार्फत पठाइएको थियो। उत्तरपुस्तिका समेत इमेलबाटै विश्वविद्यालयमा आएको छ।

स्नातक तहमा कानून, बुद्धिज्म, भोट विषयमा परीक्षा सुरु भएको हो। स्नातकोत्तर तहमा म्युजोलोजी, आर्कोलोजी विषयको परीक्षा सुरु भएको छ। कानूनतर्फ मात्रै पहिलो समेष्टरका ८५ जना विद्यार्थी परीक्षामा सहभागि भएका छन्।

कोरोना महामारीबीच केन्द्रमा आएका विद्यार्थीहरु परीक्षा दिन पाउँदा उत्साहित छन्। ‘परीक्षाको तयारी गर्दै रोकिदै गर्दा तनाव अवस्था थियो, सेमेष्टर नै लस हुन्छ कि भन्ने चिन्ता अव हराएको छु, बुटवलको केन्द्रमा परीक्षा दिन आएकी अनिशा लम्सालले भनिन्। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार