कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मधेस प्रदेशका ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै १२ सदस्यीय मन्त्रिपरिषद्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त ६ मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख डा‍ सुरेन्द्र लाभले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै १२ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।

नवनियुक्त मन्त्री मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया