कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मन्त्री सिन्हालाई ऊर्जासहित चार मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा कुलमानले सम्हालेका मन्त्रालय पनि थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, पुस २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत सम्हाल्दै आउनुभएका अनिलकुमार सिन्हालाई तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का ऊर्जा मन्त्रालयसहित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयसमेत सम्हाल्दै आउनुभएका मन्त्री कुलमान घिसिङले नेपालको संविधान बमोजिम राजीनामा दिनुभएको हुँदा मन्त्री सिन्हालाई सो जिम्मेवारी तोकिएको बताइएको छ ।

उहाँका अनुसार मन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेतको जिम्मेवारी रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया