कार्तिक २५, २०८३ बुधबार November 11, 2026

रवि लामिछानेको मुद्दा फिर्ता लिन खोजेको आरोपमा महान्यायाधिवक्ताविरुद्ध अख्तियारमा उजुरी

आर्थिक प्रलोभन र प्रभावका आधारमा फिर्ता लिन खोजिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने उद्देश्यले फाइल अघि बढाएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । अभियन्ता युवराज सफलले बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा पुगेर उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा आर्थिक प्रलोभन र प्रभावका आधारमा फिर्ता लिन खोजिएको दाबी गरिएको छ । महान्यायाधिवक्ता भण्डारी र लामिछाने पक्षबीच गोप्य भेटघाट भएको तथा मुद्दा फिर्ताका लागि निवेदन दिन लगाएर फाइल अघि बढाइएको आरोपसमेत लगाइएको छ ।

अदालतमा विचाराधीन मुद्दा चलखेलका आधारमा फिर्ता लिन खोज्नु पदको दुरुपयोग र भ्रष्टाचार हुने उल्लेख गर्दै उजुरीकर्ताले सम्बन्धित सक्कल फाइल जफत गरी छानबिन गर्न माग गरेका छन् । तत्काल अनुसन्धान अघि नबढाइए आफू सर्वोच्च अदालत जाने तयारीमा रहेको सफलले बताएका छन् ।

610533419_848182428034454_4577906081207485790_n

614770488_1941236336790504_4677061220888616228_n

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया