असार २३, २०८२ सोमबार July 7, 2025

पेट दुख्छ यो आसन अपनाउनुहोस (योग गर्ने विधि सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पछिल्लेा समय धेरैजसो ब्याक्तिहरुमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । यसको मुख्य कारण हो व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुनु । धेरैमा ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ । ग्यास्ट्रिकबाहेक एसीडीटी, अपच, कब्जियत आदि पनि अहिले सामान्य बन्न लागिसकेको छ ।

पेटको समस्याको लागि उपयोगी मानिने विभिन्न आसनहरू हेर्नुहोस् :

१. उत्तानसाना

यो आसन पेटको दुखाइबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चारको लागि सहयोग गर्ने गर्छ । यो आसनले पनि दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या आदि समाधानमा पनि यो सहायकसिद्ध हुन्छ । यस आसनमा टाउकोलाई खुट्टाको भागसम्म पुर्‍याउने गरिन्छ ।

२. योग गर्ने विधि

  • सर्वप्रथम सिधा उभिनुहोस् ।
  • हातलाई कम्मरमा राख्नुहोस् ।
  • बिस्तारै अगाडि झुनुहोस् ।
  • शरीरलाई यसरी झुकाउनुहोस् कि दुवै हातहरूले भूमि छुन सक्छन् । यदि यसमा कठिनाइ छ भने घुँडालाई अलिकति मोड्न सकिन्छ ।
  • हातलाई खुट्टाको दाहिनेतिर लैजानुहोस् ।
  • एक मिनेटसम्म यही आसनमा रहनुहोस् ।

३. उत्तानपादना

यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पुर्‍याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको मानिन्छ ।

योग गर्ने तरिका

  • सुरुमा उत्तानो परेर सुत्नुहोस् ।
  • लामो सास फेर्नुहोस् ।
  • दुवै हातको हत्केलालाई भुइँमा राख्नुहोस् र खुट्टा सिधा बनाउनुहोस् ।
  • बिस्तारै एउटा खुट्टालाई माथि उठाउनुहोस् । यदि सास रोक्न गाह्रो भइरहेको छ भने बीचैमा सास फेर्न पनि सकिन्छ ।
  • यस स्थितिमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बस्नुहोस् ।
  • फेरि खुट्टालाई बिस्तारै भुइँमा सुताएर राख्नुहोस् ।

यो आसन तीनदेखि छ पटक गर्न सकिन्छ ।

४. पवनमुक्तासन

पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने बताइन्छ । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गर्छ । यो आसनमा नियमित योग गर्दा शरीरमा शक्ति प्राप्त हुन्छ ।

कसरी गर्ने यो आसन ?

  • म्याटमा हात र खुट्टा फिँजाएर उत्तानो परेर सुत्ने ।
  • लामो सास तान्ने र छाड्ने ।
  •  बिस्तारै खुट्टालाई घुँडाबाट खुम्याउने र घुँडालाई छातीतर्फ ल्याउने ।
  • घुँडालाई छातीमाथि ल्याएपछि हातले घुँडालाई समाएर बिस्तारै मुन्टो पनि माथि उठाउने ।
  •  यही अवस्थामा केही सेकेण्डका लागि सास फेर्नुहोस् ।
  •  त्यसपछि बिस्तारै सास छोडेर बिस्तारै हात र खुट्टालाई पुरानै अवस्थामा पुर्‍याउनुहोस् । दैनिक आठ–दशचोटि यो आसन गर्ने प्रयास गर्नुहोस् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया