असार २, २०८३ मंगलबार June 16, 2026

पेट दुख्छ यो आसन अपनाउनुहोस (योग गर्ने विधि सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पछिल्लेा समय धेरैजसो ब्याक्तिहरुमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । यसको मुख्य कारण हो व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुनु । धेरैमा ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ । ग्यास्ट्रिकबाहेक एसीडीटी, अपच, कब्जियत आदि पनि अहिले सामान्य बन्न लागिसकेको छ ।

पेटको समस्याको लागि उपयोगी मानिने विभिन्न आसनहरू हेर्नुहोस् :

१. उत्तानसाना

यो आसन पेटको दुखाइबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चारको लागि सहयोग गर्ने गर्छ । यो आसनले पनि दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या आदि समाधानमा पनि यो सहायकसिद्ध हुन्छ । यस आसनमा टाउकोलाई खुट्टाको भागसम्म पुर्‍याउने गरिन्छ ।

२. योग गर्ने विधि

  • सर्वप्रथम सिधा उभिनुहोस् ।
  • हातलाई कम्मरमा राख्नुहोस् ।
  • बिस्तारै अगाडि झुनुहोस् ।
  • शरीरलाई यसरी झुकाउनुहोस् कि दुवै हातहरूले भूमि छुन सक्छन् । यदि यसमा कठिनाइ छ भने घुँडालाई अलिकति मोड्न सकिन्छ ।
  • हातलाई खुट्टाको दाहिनेतिर लैजानुहोस् ।
  • एक मिनेटसम्म यही आसनमा रहनुहोस् ।

३. उत्तानपादना

यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पुर्‍याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको मानिन्छ ।

योग गर्ने तरिका

  • सुरुमा उत्तानो परेर सुत्नुहोस् ।
  • लामो सास फेर्नुहोस् ।
  • दुवै हातको हत्केलालाई भुइँमा राख्नुहोस् र खुट्टा सिधा बनाउनुहोस् ।
  • बिस्तारै एउटा खुट्टालाई माथि उठाउनुहोस् । यदि सास रोक्न गाह्रो भइरहेको छ भने बीचैमा सास फेर्न पनि सकिन्छ ।
  • यस स्थितिमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बस्नुहोस् ।
  • फेरि खुट्टालाई बिस्तारै भुइँमा सुताएर राख्नुहोस् ।

यो आसन तीनदेखि छ पटक गर्न सकिन्छ ।

४. पवनमुक्तासन

पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने बताइन्छ । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गर्छ । यो आसनमा नियमित योग गर्दा शरीरमा शक्ति प्राप्त हुन्छ ।

कसरी गर्ने यो आसन ?

  • म्याटमा हात र खुट्टा फिँजाएर उत्तानो परेर सुत्ने ।
  • लामो सास तान्ने र छाड्ने ।
  •  बिस्तारै खुट्टालाई घुँडाबाट खुम्याउने र घुँडालाई छातीतर्फ ल्याउने ।
  • घुँडालाई छातीमाथि ल्याएपछि हातले घुँडालाई समाएर बिस्तारै मुन्टो पनि माथि उठाउने ।
  •  यही अवस्थामा केही सेकेण्डका लागि सास फेर्नुहोस् ।
  •  त्यसपछि बिस्तारै सास छोडेर बिस्तारै हात र खुट्टालाई पुरानै अवस्थामा पुर्‍याउनुहोस् । दैनिक आठ–दशचोटि यो आसन गर्ने प्रयास गर्नुहोस् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार