भाद्र ९, २०८३ मंगलबार August 25, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम भ्रमणमा जाँदै

पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन राप्रपाद्धारा विभिन्न उपसमिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन्। संम्बाद सचिवालयका फणिराज पाठकले बुधबार (आज) जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’, सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ।

यसअघि गत आइतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको थियो।

बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झाको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ।

राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार