बैसाख २१, २०८३ सोमबार May 4, 2026

संसदीय दलको नेता अहिले नै तोक्ने कुरामा हामी सहमत छैनौं : मीनबहादुर विश्वकर्मा (अन्तवार्ता)

बहुमत आएर संसदीय दलको नेता जो जित्छ, त्यही प्रधानमन्त्री हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेर चुनावमा होमियो त्यसमा तपाईँहरूको प्रतिक्रिया के छ ? 

यो निर्णय प्रक्रियामा हामी कहीँ संलग्न छैनौँ । अहिले हाम्रो धारणा कसरी चुनावमा कांग्रेसको बहुमत ल्याउने भन्ने हो । सभापति प्रधानमन्त्रीको दाबेदार हुनु स्वाभाविकै हो त्यसलाई अन्यथा मान्नु भएन ।
तर हामीले चुनावमा त पहिले पहिले बहुमत ल्याउन पर्‍यो नि । यो प्रधानमन्त्रीको चुनाव होइन, यो त संसद्को चुनाव हो । त्यसैले यसरी जाने भए पनि राष्ट्रपतिको नाम तोक्नु पर्ने हुन्छ, उपराष्ट्रपति तोक्नु पर्ने हुन्छ । यो त संसदीय व्यवस्थामा त संसद्मा जसको बहुमत छ उही प्रधानमन्त्री हुने हो । पहिले नै तोक्नु पर्दैन ।

पार्टी बैठकले औपचारिक निर्णय गरिसक्यो, त्यसमा तपाईँहरूको समर्थन रहन्छ कि रहँदैन ?

हाम्रो साथ समर्थन कांग्रेसको पक्षमा हुन्छ । बहुमत आएर संसदीय दलको नेता जो जित्छ, त्यही प्रधानमन्त्री हुन्छ । हामी संसदीय व्यवस्थामा छौँ। संसदीय व्यवस्था रोज्ने अनि कांग्रेस अहिलेको प्रधानमन्त्री, सभापति प्रणालीको जस्तो कुरा गरेर भएन ।

भनेपछि चुनाव पछि संसदीय दलको नेता चयन गर्नको लागि  प्रतिस्पर्धा नै गर्ने पक्षमा हुनुहुन्छ ? 

संसदीय व्यवस्थामा संसद्मा जसको बहुमत आउँछ, त्यो दलको नेता प्रधानमन्त्री हुन्छ । अहिले नै हामीले प्रधानमन्त्री तोक्दै जाने कुरा हुँदैन। कांग्रेसले बहुमत ल्याएमा हामी गगन थापालाई प्रधानमन्त्री बनाउँछौँ भन्ने एउटा कुरा हो । भावी प्रधानमन्त्री फलानो भनेर जाने कुरा त संसदीय व्यवस्था भन्दा फरक कुरा हो । त्यसैले यो विधि प्रक्रियासँग अहिले हामी सहमत छैनौँ ।

यो परिस्थितिमा कांग्रेस चुनावमा जाँदै छ, कांग्रेसले अपेक्षित नतिजा ल्याउँला ? 

अहिले हाम्रो पार्टी मात्रै होइन, अहिले नेपालको पुरै राजनीति खलबलिएको छ । स्थापित राजनीतिक दलकाविरुद्ध सारा देशी विदेशी शक्तिहरू घेरेका छन् । यस्तो बेलामा चुनाव चुनौतीपूर्ण छ । तर पनि नेपाली कांग्रेसलाई जनताले अप्ठ्यारो बेलामा सम्झिने गरेको हुनाले कांग्रेसको आन्तरिक कलहका बाबजुद पनि ठुलो पार्टी बन्छौँ भन्ने मलाई विश्वास छ ।

तपाईँहरू तल्लो तहसम्म विभाजित हुनुहुन्छ यसले नतिजामा त असर पार्ला नि? 

नतिजामा त असर पारि नै हाल्छ, नपार्ने कुरै छैन । किनभने उत्साह, उमङ्ग, जोस, जाँगर चाहिँ कलहमा छ। साथीभाइहरूसँगको हिजो अस्तिको व्यवहारले अप्ठ्यारो पारिहाल्छ नै। चुनावमा जस्तो सुकै हैसियतको मान्छेलाई पनि समान रूपमा हामीले आह्वान गरेर लिएर जानुपर्ने बेलामा हामीले तेरो–मेरो भनेर जे जसरी छुट्टाएर लिएर जान थाल्यौँ, यसले चुनावलाई निकै अप्ठ्यारो पार्छ ।

तर त्यसका बाबजुद पनि हामी सबैलाई एक ठाउँमा बनाउने कोसिस गरिराखेका छौँ। एक ढिक्का भएर जान्छौँ पनि। जति अपेक्षा गरेको थियौँ त्यति त नहोला तर अरू दलहरू भन्दा हाम्रो राम्रो पोजिसन हुन्छ ।

टिकट वितरणलाई प्रक्रियालाई चाहिँ कसरी हेर्नुभएको छ? 

साथीहरू १ गते सम्म त विशेष अधिवेशनको नाममा ध्यान केन्द्रित गरेर बस्नुभएको थियो। विशेष अधिवेशनपछि हतार हतार बाँडिएको छ, तर जसले टिकट पाउनु भएको छ पाउने मान्छेहरू सबै योग्य हुनुहुन्छ भन्ने हाम्रो बुझाइ हो।

तर कतिपय शीर्ष नेताहरूले टिकट पाएनन् ? 

केहीले पाउनु भएन, अब युवालाई दिनुपर्छ भन्ने नारा नै छ । पुराना नेताहरू जसले पाउनु भएको छैन। उहाँले सन्तोष गर्नुपर्छ। नयाँले टिकट पाएकोमा खुसी मान्नुपर्छ।

टिकट नपाएका शीर्ष नेताहरू पनि चुनावी अभियानमा जान तयार हुनुहुन्छ? 
हिँड्न परिहाल्यो नि। पार्टीका लागि आफूले पाउँदा मात्र हिँड्ने भन्ने त हुँदै हुँदैन। चुनावमा टिकट भनेको कोही एक जनाले पाउनुहुन्छ । पहिले–पहिले अनुभवीले वा सिनियरले भनेर पाउनु हुन्थ्यो भने यसपालि नयाँ रूपान्तरण भएको आएको छ।

तपाईँहरूले प्रत्यक्षमा कति सीट, समानुपातिकमा कति मत पाउने विश्लेषण गर्नुभएको छ ? 

हामी विगतको हैसियतमा हामी हाराहारीमै आउँछौँ । हामीले समानुपातिकमा गत साल २७ प्रतिशत मत ल्याएका थियौँ। । यसपालि नयाँ सभापति, नयाँ नारा, नयाँ उत्साहका साथ अगाडि बढ्दा हामी ३० प्रतिशत भन्दा माथि जनमत ल्याउँछौँ। करिब १०० सिटको हाराहारी जित्ने लक्ष्य बनाएका छौँ। बहुमत कसैको पनि आउने अवस्था देखिएको छैन। नेपाल प्रेश

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार