असार ११, २०८३ बिहिबार June 25, 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

९७ बर्षीय बुबा भोजप्रसाद भट्टराईको आज निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

उनका ९७ बर्षीय बुबा भोजप्रसाद भट्टराईको आज निधन भएको छ ।

भट्टराईको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।

भट्टराईको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता रोशन पोखरेलले जनाकारी दिए । भट्टराईका २ छोरा र २ छोरी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया