असार १३, २०८३ शनिबार June 27, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ

माघ महिनामै दुई पटक पक्राउ परे दुर्गा प्रसाईं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले प्रसाईं पक्राउ परेको पुष्टि गरे पनि उनीमाथि के अभियोग लगाइएको हो भन्नेबारे हालसम्म स्पष्ट खुलाइएको छैन।

यसअघि प्रसाईं गत माघ ५ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा पोखराबाट पक्राउ परेका थिए। उनलाई काठमाडौँ ल्याइ माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।

प्रसाईंले केही समयअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको आरोप सार्वजनिक रूपमा लगाएका थिए। उक्त अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो।

हाल प्रसाईंको पक्राउ यही विषयसँग सम्बन्धित हो वा अन्य कारणले गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप २०२६ : पाँच टोली अन्तिम ३२ मा प्रवेश
२०८३ असार १३, शनिबार
दुर्गम हुम्लामै जटिल शल्यक्रिया सफल, विशेषज्ञ टोलीले बढायो स्वास्थ्य सेवामा विश्वास
२०८३ असार १३, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार १३, शनिबार
विश्वकप लिग-२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
२०८३ असार १३, शनिबार
रूस र युक्रेनबिच युद्धबन्दी सैनिक आदान-प्रदान
२०८३ असार १३, शनिबार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
२०८३ असार १२, शुक्रबार