कार्तिक २५, २०८३ बुधबार November 11, 2026

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

हाजिरी जमानीमा छाडियो प्रसाँइलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको निर्णयअनुसार उनलाई आज रिहा गरिएको हो ।

माघ २३ गते बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै वीरगञ्जमा जुलुस निकाल्ने घोषणा गरेका प्रसाईंलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल क्षेत्रबाट पक्राउ गरिएको थियो ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयको निर्णयबमोजिम प्रसाईंलाई हाजिरी जमानीमा छाडिएको हो । उनले भने, “जिल्ला सरकारी वकिल कार्यालयको निर्णयबमोजिम उहाँ हाजिरी जमानीमा रिहा हुनुभएको छ ।”

प्रसाईंलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति र सुरक्षामा असर पर्न सक्ने गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएको बताइएको थियो । उनलाई आवश्यक अनुसन्धानका लागि साइबर ब्यूरोमा राखेर बयान लिइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया