कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

कोशी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक सम्पन्न

प्रदेशसभाको अर्को बैठक माघ २६ गते दिनको १ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । कोशी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन भयो ।

सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र एवं प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा वाचन गरेर सदनलाई जानकारी दिए ।

यसैगरी उनले प्रदेशसभाको सदस्यको स्थान रिक्त सम्बन्धमा जानकारी गराए । यस्तै, निर्वाचन आयोग नेपालबाट पार्टी एकीकरण सम्बन्धमा प्राप्त पत्र वाचन गरे ।

सभामा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै दल लाग्नुपर्ने बताए । उनले मुलुकलाई समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्यका लागि दलहरूबीच एकताको विकल्प नरहेको धारणा राखे।

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता प्रेमराज थाङसुहाङले कोशी प्रदेश राष्ट्रियसभाको निर्वाचनको मतदानका दिन आफू प्रदेश बाहिर भए पनि आफ्नो मत खसेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएकामा आपत्ति जनाए ।

नेपाली कम्युनिष्ट पार्टी, संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सुशासन कायम राख्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेकपा (एमाले) संसदीय दलका उपनेता तीलकुमार मेयाङवोले मुलुकमा लोकतन्त्रलाई सुदृढ गर्न दलहरूबीच एकताबद्ध हुनु जरुरी रहेको धारणा राखे।

प्रदेशसभाको अर्को बैठक माघ २६ गते दिनको १ः०० बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार
दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
२०८३ कार्तिक ३, मंगलबार
बाबुराम भट्टराई भन्छन् : विपत्तिलाई बहाना बनाएर जलाशययुक्त आयोजना रोक्नु गलत
२०८३ कार्तिक ३, मंगलबार
गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम
२०८३ कार्तिक ३, मंगलबार
निजी भ्रमणका लागि हिमालयन दृश्य रिसोर्ट पुगे ओली र बागमतीका मुख्यमन्त्री
२०८३ कार्तिक ३, मंगलबार