असार २३, २०८२ सोमबार July 7, 2025

सामूहिक बलात्कार गरी फरार दुई अभियुक्त पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः जबर्जस्ती बलत्कार गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन । इलामको चुलाचुली–३ का ३० वर्र्षीय मिलन भनिने अनिश राई र ३१ वर्र्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती बलत्कार गरी फरार रहेका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया