काठमाडौँ । नेपाल जेन्जी फ्रन्टले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप नगरी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। फ्रन्टले फागुन १४ गते प्रधानमन्त्री सुशीला कार्की समक्ष ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ।
विज्ञप्ति जारी गर्दै फ्रन्टले गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन फागुन २२ गतेपछि एक दिन पनि म्याद नथपी सार्वजनिक गरी कार्यान्वयन गर्न आग्रह गरेको हो। आयोगको म्याद पटक–पटक थपिएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिवेदन सार्वजनिक नभए फेरि सडक आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।
फ्रन्टले नयाँ प्रतिनिधिसभा र भावी सरकारले प्रतिवेदनको अपनत्व लिएर दोषीमाथि कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया