असार २१, २०८२ शनिबार July 5, 2025

निर्वाचन आयोगद्धारा उप-निर्वाचनका लागि पुनः दल दर्ताको लागी आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोले यही मंसिर १४ गते सम्पन्न हुने उप-निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी यसअघि एकीकरण भई अथवा नयाँ नाममा दर्ता भइसकेको दलहरुलाई पनि उप-निर्वाचन प्रयोजनका लागि भदौ ३१ गतेभित्र पुनः नामदर्ता गर्न अपिल गरेको छ ।

निर्वाचन आयोगको उक्त सूचना जारी भएसँगै सत्तारूढ लगायत प्रतिपक्ष दल तथा अन्य दलहरूले आगामी उप-निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ । यसअघि २०७४ सालमा सम्पन्न भएका तिनवटै निर्वाचनमा आयोगमा दर्ता भएका दलहरूले भने उप-निर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु नपर्ने आयोगले जनाएको छ ।

आगामी मंसिर १४ गते विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली भएका ५१ वटा पदमा उप-निर्वाचन हुँदैछ।

निर्वाचन आयोगद्धारा उप-निर्वाचन प्रयोजनको लागी राजनीतिक दल दर्ता सम्बन्धी जारी गरिएको सुचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार