कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान

मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त  रामप्रसाद भण्डारीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले काठमाडौँको अनामनगर स्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

बिहान मतदान केन्द्र पुगेका उनले आफ्नो मताधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन आयोग प्रतिबद्ध रहेको बताएका छन्। उनले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिँदै मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गरे।

देशभर प्रतिनिधि सभा सदस्यका लागि मतदान जारी रहेको छ। विभिन्न स्थानमा मतदाता उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन् भने निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायले आवश्यक व्यवस्था मिलाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया