कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेटवार्ता

द्विपक्षीय सम्बन्धबारे परराष्ट्र सचिवसँग गहन छलफल भएको तथा आपसी सहयोगलाई अझ विस्तार गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २१ फागुनः परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुई देशबीचको सहयोगलाई प्रवद्र्धन गर्ने सम्बन्धमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, चिनियाँ राजदूतले सामाजिक सञ्जालमा द्विपक्षीय सम्बन्धबारे परराष्ट्र सचिवसँग गहन छलफल भएको तथा आपसी सहयोगलाई अझ विस्तार गर्ने सहमति भएको उल्लेख गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया