कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

लैङ्गिक समानतामूलक राष्ट्र निर्माण आजको आवश्यकता होः मन्त्री श्रेष्ठ

महिलाको हक अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा अघि बढ्नु आजको आवश्यकता रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ फागुनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको हक अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा अघि बढ्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

आज ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी,  निर्णय प्रकृया र राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महिलाका अधिकार स्थापित गर्ने विषयसहित सुरु भएको महिला आन्दोलनले विभिन्न आरोह अवरोह पार गर्दै ‘सबै महिला र बालिकाको अधिकार, न्याय र कार्यसहितको अवसर’ दिवस मनाइएको उहाँको भनाइ छ ।

“महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै महिलाहरूलाई सम्मान, निर्णय प्रक्रियामा पहुँचको विस्तार, महिला सशक्तीकरण अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउदै लैङ्गिक समानता कायम गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ”, शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले नेपालको संविधानको धारा–३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमण र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरु अन्त्य गरी पुरुष र महिलाबीच समानाताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया