काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरिरहेको देखिएको छ।
समानुपातिकतर्फको मतगणनाको पछिल्लो अपडेट अनुसार हालसम्म १ करोड ४ लाख ४४ हजार ४२५ मत गणना भइसकेको छ।
गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ५० लाख १५ हजार ५१० मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम राखेको छ।
त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख ९५ हजार ३९८ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) (एमाले) ले १४ लाख १३ हजार १६७ मत पाएको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ले ७ लाख ६८ हजार ५६२ मत प्राप्त गरेको छ।
अन्य दलतर्फ श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४८६ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २५ हजार ३९१ मत प्राप्त गरेको छ।
यसअघि सार्वजनिक विवरणअनुसार समानुपातिकतर्फ कुल खसेको मत १ करोड ९ लाख ७७ हजार ७११ रहेको छ। मतगणना कार्य अझै जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया