असोज १४, २०८३ बुधबार September 30, 2026

१२ करोड जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीया जयन्ती केसी रहेकी छिन ।

काभ्रेको बनेपा-६ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा ९ करोड ४७ लाख ९२ हजार एक सय १६ रुपैयाँ र दुई करोड ३५ लाख गरी ११ करोड ८२ लाख ९२ हजार एक सय १६ रुपैयाँ जरिवाना सजाँयको फैसला सुनाएको थियो ।

अदालतले २९ वैशाख २०७१ मा दुई वटा मुद्दामा उनलाई दोषी ठर्हयाउँदै ३र३ वर्ष कैद सजाँय समेत गरेको पौडेलले बताए । अदालतको आदेशपछि उनी फरार थिइन ।

पक्राउ गरेलगत्तै उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धुलिखेल पठाइएकोमा अदालतलको आदेशले उनलाई जिल्ला कारागार, धुलिखेल पठाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार