काठमाण्डौंः प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीया जयन्ती केसी रहेकी छिन ।
काभ्रेको बनेपा-६ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा ९ करोड ४७ लाख ९२ हजार एक सय १६ रुपैयाँ र दुई करोड ३५ लाख गरी ११ करोड ८२ लाख ९२ हजार एक सय १६ रुपैयाँ जरिवाना सजाँयको फैसला सुनाएको थियो ।
अदालतले २९ वैशाख २०७१ मा दुई वटा मुद्दामा उनलाई दोषी ठर्हयाउँदै ३र३ वर्ष कैद सजाँय समेत गरेको पौडेलले बताए । अदालतको आदेशपछि उनी फरार थिइन ।
पक्राउ गरेलगत्तै उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धुलिखेल पठाइएकोमा अदालतलको आदेशले उनलाई जिल्ला कारागार, धुलिखेल पठाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया