असोज २८, २०८३ बुधबार October 14, 2026

सिराहामा सुतली बम विस्फोट, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

मधुसुधन यादवका २८ वर्षीय छोरा सौरभ यादव घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। सिराहा सदरमुकामस्थित एक कानुन व्यवसायीको कार्यालयमा सुतली बम विस्फोट हुँदा एक जना युवक घाइते भएका छन्।

सिरहा अदालत अगाडि बम विस्फोटबुधबार अपराह्न सिराहा नगरपालिका–१, सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा सुतली बमजस्तो देखिने वस्तु विस्फोट भएको हो। विस्फोटमा सिराहा नगरपालिका–७ का मधुसुधन यादवका २८ वर्षीय छोरा सौरभ यादव घाइते भएका छन्।

प्रहरीका अनुसार विस्फोटमा घाइते भएका यादवको खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल सिरहा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको बताइएको छ।

घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको छ। साथै नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थलमा खटिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार कागजमा बेरेर राखिएको सुतली बमजस्तो देखिने वस्तु विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलमा अर्को कुनै शंकास्पद वस्तु रहेको हुनसक्ने आशंकामा बम डिस्पोजल टोलीले थप जाँच गरिरहेको उनले बताए।

प्रहरीका अनुसार घटनास्थलबाट कुनै पर्चा, पम्प्लेट वा जिम्मेवारी दाबी गर्ने सामग्री फेला परेको छैन। विस्फोट कसले र किन गरायो भन्नेबारे खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार