कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

अर्थमन्त्री खनाललाई नयाँ सरकारमा दोहोर्याउन राष्ट्रियसभामा मनोनित गरिँदै

यही साताभित्रै प्रधानमन्त्रीले सिफारिश गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २८ फागुन । अर्थमन्त्री रामेश्वर खनाललाई यही भूमिकामा दोहोर्याउने तयारी भएको छ । संकटको बेलामा मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका खनालको भूमिकालाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले पनि प्रशंसा गरेकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमेत खनालको भूमिकालाई लिएर सकारात्मक छन् । रास्वपाले दुई तिहाईनजिकको बहुमत हासिल गरिसकेको अवस्था छ । अब बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्दैछ । यसपटक बालेन शाहले प्राविधिकहरुको सक्षम टिम लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनेगरि तयारी थालिसकेका छन् ।

राष्ट्रियसभामा एक जना मनोनित गर्न पाउने भएकोले प्रधानमन्त्री कार्कीले खनाललाई उक्त पदमा नियुक्त गर्नको लागि सिफारिश गर्ने बुझिएको छ । बालेनले पनि अनुभवी खनाललाई अर्थ मन्त्रालयको नेतृत्वमा दोेहोर्याउने कुरामा सकारात्मक प्रतिक्रिया दिईएको बताईन्छ ।

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्लेको नाम अर्थमन्त्रीको रुपमा चर्चा भईरहेको बेलामा बालुवाटारमा भने खनाललाई नै यही जिम्मेवारीमा दोहोर्याउनेगरि छलफल चलेको विश्वस्त स्रोतको दाबी छ । राष्ट्रियसभामा १८ जनाले मंगलबारमात्रै अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष पथ तथा गोपनियताको शपथ खाईसकेका छन् । अब एक जना राष्ट्रपतिले मनोनित गर्ने भएको हुँदा यही साताभित्रै प्रधानमन्त्रीले सिफारिश गर्ने बुझिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया