भाद्र १, २०८३ सोमबार August 17, 2026

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

सङ्घीय व्यवस्थाको पूर्ण कार्यान्वयन भएमा मधेसका नागरिकले आफ्ना अधिकार प्राप्तिका लागि बारम्बार काठमाडौं धाउन नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा, ३० फागुनःमधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा दिइएका अधिकार कार्यान्वयन भएमा प्रदेशका धेरै समस्या समाधान प्रदेशबाटै गर्न सकिने उल्लेख गर्दै मधेसको समग्र विकासमा नै आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।

जनकपुरमा निर्माण गरिने मधेस प्रदेश प्रहरी कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले सङ्घीय व्यवस्थाको पूर्ण कार्यान्वयन भएमा मधेसका नागरिकले आफ्ना अधिकार प्राप्तिका लागि बारम्बार काठमाडौं धाउन नपर्ने बताउनुभयो ।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर ती क्षेत्रको विकासका निम्ति हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । पर्याप्त स्रोतसाधनको अभावमा जनअपेक्षा पूरा गर्न कठिन भएको उहाँको कथन थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया