कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

प्रधानमन्त्री सुशिला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

श्रमिकको सुरक्षा र पेट्रोलियम आपूर्तिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी कदम चाल्न आग्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । रवि लामिछाने ले प्रधानमन्त्री सुशीला कार्की सँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। भेटमा उनले कार्की नेतृत्वमा सम्पन्न भएको हालैको निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई ज्ञापन गरेका छन्।

लामिछानेले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भई मुलुकले लोकतान्त्रिक निकास पाएको उल्लेख गर्दै प्रधानमन्त्री, मन्त्रिपरिषद् र सचिवालयको भूमिकाको प्रशंसा गरे। उनले प्रधानमन्त्रीको दृढता र अडानका कारण देशले “सुरक्षित अवतरण” पाएको टिप्पणी गर्दै उक्त उपलब्धिलाई उल्लेखनीय भने।

जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी लाई निर्वाचन सफलताका लागि बधाई दिँदै युवाहरूले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्ने बताइन्। उनले इमानदार ढंगले काम गर्दै आलोचनालाई कामबाटै जवाफ दिन सुझाव दिइन्।

भेटका क्रममा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो समर्थन रहेको स्पष्ट पार्दै सरकारलाई आवश्यक सहयोग रहने बताए। साथै उनले पोर्चुगलमा नेपाली विद्यार्थीका समस्या, मध्यपूर्वमा तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम आपूर्तिका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया