मुगु। यहाँस्थित रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।
नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने व्यवस्था मिलाइएको हो। साथै, बिहीबारै नै सुर्खेतबाट पनि रारा विमानस्थलमा उडान हुने नेपाल एयरलाइन्सका रारा विमानस्थल स्टेशन इन्चार्ज नवीनकुमार बिष्टले जानकारी दिए।
नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया