जेठ २३, २०८३ शनिबार June 6, 2026

प्रधानमन्त्रीको शपथअघि बालेन्द्र “बालेन” शाहको नयाँ र्याप गीत ‘जय महाकाली’ सार्वजनिक

प्रधानमन्त्री पदमा शपथ लिनुअघि उनको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र “बालेन” शाह ले बिहीबार साँझ आफ्नो नयाँ र्याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्।

यो गीत प्रधानमन्त्री पदमा शपथ लिनुअघि उनको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो, जुन समयले पनि राजनीतिक महत्त्व बोकेको छ।

गीत शब्द, संगीत र स्वर पनि बालेनकै रहेको छ र यसले उनको चुनावी अभियानका दृश्यहरू, जनसम्पर्कको क्रम र देशभक्ति भावलाई समेटेको छ। भिडियोमा देशभरका विभिन्न स्थानमा भएको कार्यक्रम तथा जनसमुदायसँगको अन्तक्र्रियाका झलकहरू देख्न सकिन्छ।

संगीतको यस नयाँ प्रक्षेपणले युट्युबमा सार्वजनिक भएसँगै दर्शक र समर्थकहरूबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ भने केहीले यसलाई राजनीतिक तथा सांस्कृतिक संकेतको रूपमा पनि व्याख्या गर्न थालेका छन्।

गायक, र्‍यापर र राजनेता रुपमै समेत परिचित बालेनले यसअघि पनि संगीतमार्फत सामाजिक सन्देश प्रवाह गर्ने काम गर्दै आएका छन् — अब यो प्रयास उनको आगामी राजनीतिक यात्रा सङ्गै जोडिएको छ।

 भिडियो हेर्नुहोस्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया