असार ५, २०८३ शुक्रबार June 19, 2026

अधिकांश बलात्कारका केशहरू नातागोताबाट बढि भएको छ – प्रहरी प्रवक्ता कुवेर कडायत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पछिल्लो समय बलात्कारको घटना किन बढिरहेको छ ? के कारणले ? तपाईँहरूले समीक्षा गर्नुभएको छ ?

ठ्याक्कै रिसर्च भन्ने त रिसर्च नै गर्नुपर्ने होला । पछिल्लोपटक अलिकति बढेको कारण अनुुशन्धानको क्रममा तीनओटा कारणहरू हुनसक्छन् ।

के-के हुनसक्छन् ? बुँदागत रूपमा बताउनुहोस त ?

अहिले एउटा बीचमा लकडाउनको कारणले आर्थिक अभाव भएको कारण हो । त्यसपछि मान्छेको मुभमेन्ट भएन । घरमा मान्छे क्लोज बसिसकेपछि घरेलु हिंसा बढ्दै गयो । त्यसले गर्दा घटना अलि बढी भएको हो कि भन्ने हाम्रो आशंका हो । त्यो रिसर्चको विषय भएको भएर ठ्याक्कै भन्नसक्ने स्थिति अहिले भएन ।

साउन र भदौको मात्र कुरा गर्दाखेरि बलात्कारका ४२० घटना भए, तर दोषीलाई कारबाही गर्नको लागि तपाईँहरू कति सफल हुनुभएको छ ?

हामी म्याक्सिमम सफल भएका छौँ । तपाईँले यदि ख्याल गर्नुभयो भने एकाध घटनाबाहेक हामीले जति पनि भेट्छौँ, चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर अनुसन्धानलाई अगाडि बढाएको अवस्था हो ।

अनुसन्धानको कुरा गर्दाखेरि राजनीतिक दबाब त आउँछ नि त हाम्रो देशमा त । बलात्कारीलाई बचाउनेहरू त छन् नि । के भन्नुहुन्छ ? राजनीतिक दबाबभन्दा पनि सल्लाह–सुझावको रूपमा लिन सकियो भने हामी अनुसन्धानबाट मोडिनु हुँदैन । प्रहरी आफ्नो काम कर्तव्यबाट विमुख भएन भने कसले के भन्छ भनेर सुझावको रूपमा लिएर आफ्नो असल नियत लिईयो भने त्यसले फरक पर्दैन ।

सम्झना कामीको जसरी बलात्कारपछि हत्या भयो, आज सबैको मन रोएको छ । सम्झनालाई न्याय माग्दै यतिखेर बझाङदेखि संघीय राजधानी काठमाडौंसम्म विरोध प्रदर्शन भएका छन् । त्यतातिर तपाईँको ध्यान केन्द्रित भएको छ ?

बझाङमा एकजना मान्छे लिएर अनुसन्धान भईरहेको छ ।

अनुसन्धान भईरहेको छ, तर दोषीहरूलाई कडा कारबाही हुनुपर्छ भनेर जनताले सडकमा भन्न थाले अब ?

कानुन यति हुनुपर्छ, कानुन कडा बन्नुपर्छ भन्ने एउटा पाटो होला । भोलि राज्यले आवश्यकता ठान्यो भने र अहिले विद्यमान कानुनबाट कारबाही अगाडि त बढिनै राखेको छ नि ।

तर जनताले भन्न थालिसके, चेलीहरू कति दिन असुरक्षित हुने हो हाम्रो देशमा ? अब कसरी सुरक्षित राख्ने त ? मलाई बताउनुहोस् त ?

कसरी सुरक्षित राख्ने भन्ने सवालमा त यसरी राख्ने भनेर एक/दुई वा तीनमा भन्न कठिन छ । तर अब सबैले यस्ता कुराहरूमा सजग हुन जरुरी छ । अधिकांश त यी बलात्कारका केशहरू नातागोताबाट बढि भएको छ । त्यसको अर्थ त के हो भने विथिन द फेमिलीभित्र हामी बढि सजग, सुरक्षित हुनुपर्छ । बढि जनचेतना जागृत गर्नुपर्छ । त्यो मामलामा हाम्रा छोरी-चेलीलाई बढि सजग गराउनुपर्छ कि यो यो केशमा तिमीहरू बच, सुरक्षित बन अथवा यो बेलामा तिमीहरू ख्याल गर भनेर हरेक कुराहरूमा अगाडि त सम्झाउनुपर्छ नि त ।

पछिल्लो समय लकडाउनदेखि निषेधाज्ञासम्म आईपुग्दाखेरि बलात्कार, आत्महत्याको घटना बढ्यो, त्यो तपाईँ मान्न तयार हुनुहुन्छ ? तथ्यांकले त त्यही भन्छ नि ?

छ, छ । आत्महत्याको घटना पनि बढेको छ । अर्को सवारीसाधन दुर्घट्नाको घट्ना पनि बढेको छ । तुलनात्मक रूपमा सवारी दुर्घटना यति नहुनुपर्ने भन्छौँ, हामी । त्यो बढेको छ ।

त्यसो भए अब नेपाल प्रहरीको नयाँ रणनीति के छ त ?

नयाँ रणनीतिभन्दा पनि तपाईँलाई थाहा छ-नेपाल प्रहरी एउटा निश्चित् जिम्मेवारी बोकेको संगठन हो । त्यसलाई कानुनले निर्दिष्ट गरेको हुन्छ, यो-यो गर्नू भनेर । यसको भूमिका निश्चित् छ । भूमिका निर्वाह गर्ने सवाल नै यदाकदा जस्तो अहिले महामारी आयो । बाढीपहिरो आयो । त्यो अरू कामहरू कहिलेकाँही पर्ने त्योबाहेक अरू निर्दिष्ट जिम्मेवारीहरू हुन्छन् । रणनीतिभन्दा पनि यो भयो, अब यसबाट लेशन लर्न गरेर भविष्यमा हुन नदिन के गर्नुपर्छ भनेर सोच्न जरुरी हुन्छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार