काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले बुधबार प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन्। सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन उनले परिसरको निरीक्षण गरेका हुन्।
अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, कार्यक्षेत्रमा देखिएका चुनौती तथा आवश्यक स्रोत–साधनबारे जानकारी लिएका थिए। उनले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जनसेवामुखी कार्यसम्पादनमा जोड दिनुपर्ने बताएका छन्।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै गुरुङले विभिन्न सुरक्षा निकाय तथा प्रहरी संरचनाको स्थलगत अनुगमनलाई तीव्रता दिएका छन्। यसक्रममा प्रहरी भवनहरूको अवस्था, व्यवस्थापन र सेवाप्रवाह सुधारका विषयमा समेत उनले चासो देखाउँदै आवश्यक निर्देशन दिएका छन्।
गृहमन्त्री गुरुङको यो अवलोकनलाई सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि र सेवा प्रवाह सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया