कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन

नागरिकका समस्या समाधान गर्न शिष्टताका साथ लाग्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ चैतः गृहमन्त्री सुधन गुरुङले काठमाडौँ जिल्ला प्रहरी परिसर कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गर्नुभएको थियो ।

गृहमन्त्री गुरुङले निरीक्षणपछि प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न/गराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्न निर्देशन दिनुभयो । प्रहरीले कर्तव्यपालना गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताउँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा र्नुभयो ।

गृहमन्त्री गुरुङले आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै नागरिक र प्रहरीबीच मित्रवत् सम्बन्ध कायम राख्न शिष्ट बोली, वचन र व्यवहार आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले नागरिकका समस्या समाधान गर्न शिष्टताका साथ लाग्नुपर्ने बताउनुभयो । समाजले प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यसका लागि उत्कृष्ट सेवा प्रवाह महत्वपूर्ण माध्यम रहेको धारणा राख्नुभयो ।

नागरिकको सेवालाई केन्द्रमा राखेर प्रहरीले सेवा उपलब्ध गराउन सुझाव दिँदै गृहमन्त्री गुरुङले विभिन्न प्रकारका विपद् व्यवस्थापनमा प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई थप आत्मनिर्भर र सशक्त बनाउन साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमको व्यवस्थापन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा
२०८३ कार्तिक २४, मंगलबार
स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय उपलब्धिप्रति रास्वपाद्वारा बधाई
२०८३ कार्तिक २४, मंगलबार
जन अधिकार पार्टीद्वारा सरकारसँग छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन माग
२०८३ कार्तिक २४, मंगलबार
New generation should adopt Nepal’s unique art, tradition: Home Minister Gurung
२०८३ कार्तिक २४, मंगलबार
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार