काठमाडौँ, चैत १९ गते । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।
फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा गृहमन्त्री गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य र नेपाल विशेष सेवा सम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।
गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गर्नुभएको हो ।
यसअघि सदनको पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गरिसक्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया