भाद्र १, २०८३ सोमबार August 17, 2026

नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ चैत : गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदिइ सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुग्नुभएका उहाँले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताउनुभयो ।

गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया