कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

पक्राउ परेकै दिनदेखि नै ओली त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई प्रहरीले महाराजगञ्जकै प्रहरी गणमा राखेर बयान लिइदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं। जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज फैसला हुने भएको छ।

यसअघि पक्राउ गरेको कारण सरकारसँग मागेको अदालतले शुक्रबार नै सो जवाफ प्राप्त गरिसकेकोले बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै फैसला हुन सक्ने जनाइएको छ।

जेन-जी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए। उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो।

सो सिफारिसका आधारमा पक्राउ पुर्जी जारी गरेर चैत १४ गते दुबैजनालाई पक्राउ गरिएको थियो। अदालतबाट पक्राउ पुर्जीको अनुमति नलिई प्रहरीले नै जरुरी पक्राउ पुर्जी जारी गरेर उनीहरुलाई निवासबाटै नियन्त्रणमा लिएको थियो। उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए।

भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्थामा मात्रै जरुरी पक्राउ पुर्जी जारी गर्नु पर्ने कानुनी व्यवस्था विपरीत पक्राउ गरिएको र प्रतिवेदन मात्रैका आधारमा नियन्त्रणमा लिने तर्क गर्दै उनीहरुको पक्षबाट पक्राउ परेको भोलिपल्ट (आइतबार) बन्दीप्रत्यक्षीकरण निवेदन परेको थियो।

सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीको र कुमार रेग्मीको इजलासले लेखकको निवेदनमाथि सुनुवाइ गर्दै जरुरी पक्राउ पुर्जी जारी गर्नु पर्ने पूर्वअवस्था के थियो? भनेर समेत सरकारलाई सोधेको थियो । जवाफमा सरकारले पूर्व प्रधानमन्त्री वा पूर्व गृहमन्त्री भएकै आधारमा तत्काल हिरासत मुक्त गर्न नसकिने जनाएको छ। पक्राउ परेकै दिनदेखि नै ओली त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई प्रहरीले महाराजगञ्जकै प्रहरी गणमा राखेर बयान लिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा
२०८३ कार्तिक २४, मंगलबार
स्वर्णिम वाग्लेको अन्तर्राष्ट्रिय उपलब्धिप्रति रास्वपाद्वारा बधाई
२०८३ कार्तिक २४, मंगलबार
जन अधिकार पार्टीद्वारा सरकारसँग छठ पर्वमा तीन दिन सार्वजनिक बिदा दिन माग
२०८३ कार्तिक २४, मंगलबार
New generation should adopt Nepal’s unique art, tradition: Home Minister Gurung
२०८३ कार्तिक २४, मंगलबार
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार