कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ चैतः सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताउनुभयो ।

सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र विकासका लागि आवश्यक कानुन छिट्टै निर्माण गर्छौँ : मन्त्री गौतम
२०८३ कार्तिक ३, मंगलबार
ऊर्जा, प्रविधि र रक्षा सहकार्यमा छलफल गर्न अमेरिकी विदेशमन्त्री भारतमा
२०८३ कार्तिक ३, मंगलबार
विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते
२०८३ कार्तिक ३, मंगलबार
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU
२०८३ कार्तिक ३, मंगलबार
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
२०८३ कार्तिक ३, मंगलबार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
२०८३ कार्तिक ३, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३ कार्तिक ३, मंगलबार