असार १२, २०८३ शुक्रबार June 26, 2026

उपसभामुख ठाकुरद्धारा पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा

संवैधानिक जिम्मेवारी निर्वाह गर्दा तटस्थ भूमिकामा रहनुपर्ने भएकाले पार्टीका सबै दायित्वबाट अलग हुने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले श्रम संस्कृति पार्टीसँग रहेका सबै संगठनात्मक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

उपसभामुख पदको शपथ ग्रहण गरेपछि उनले सार्वजनिक विज्ञप्ति जारी गर्दै अब संवैधानिक जिम्मेवारी निर्वाह गर्दा तटस्थ भूमिकामा रहनुपर्ने भएकाले पार्टीका सबै दायित्वबाट अलग हुने निर्णय लिएको स्पष्ट पारेकी हुन्।

संवैधानिक प्रावधान अनुसार सभामुख वा उपसभामुखले आफ्नो कर्तव्य सम्पादन गर्दा कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा नलागी निष्पक्ष रूपमा कार्य गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले सोही अनुरूप आफू अघि बढ्ने बताएकी छन्।

उनीलाई आजै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ गराएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया