श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

बलात्कारीलाइ मृत्युदण्ड दिन महिला सांसदहरुको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसदमा महिला सदस्यहरुको भेलाले महिला हिंसासँग सम्बन्धित घटना अध्ययन गरी सरकारलाई सुझाव दिन एक समिति गठन गरेको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको महिला सांसदको भेलाले पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे र पार्वती रावल रहेको समिति गठन गरेको हो ।

समितिले बलात्कार घटनामा प्रंहरीले जाहेरी लिन नमानेको, जनप्रतिनिधि र परिवारका सदस्यले गराउने मिलापत्र, बलात्कारका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायतका विषयमा अध्ययन गर्ने सांसद पाण्डेले जानकारी दिइन् । यो समितिले नेपालमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनका लागि कानुनी व्यवस्था गर्न तथा संविधान संशोधनको पहल गर्ने बताइएको छ ।

त्यसका लागि अन्तर्राष्ट्रिय सन्धि अध्ययन गर्ने संयोजक पाण्डेले बताइन् । पछिल्लो समय किशोरी, दलित, गरिब र दूरदराजमा रहेका बालिकाहरूमाथि बलात्कार घटनामा तीव्रता आएको पाण्डेको भनाइ छ । त्यस्तै, समितिले बलात्कारका मुद्दालाई फास्ट ट्र्याकमा सुनुवाइ गर्नका लागि के गर्न सकिन्छ भन्नेबारे पनि अध्ययन गरेर सुझाव दिइने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार