बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङ

आज सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ वैशाख : काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो ।

माइकिङमार्फत अनुरोध गरिएको छ, र त्यस कार्यमा अवरोध गरेमा कानुनअनुसार कारबाही हुनेछ ।”

नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु हुने सूचनामा भनिएको छ । त्यसमा बस्ने अपाङ्गता भएका, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न अनुरोध गरिएको छ । त्यसका लागि सुरक्षाकर्मीको सहयोग चाहिएमा सहयोग माग्न अनुरोध पनि गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु सातौँ राष्ट्रिय सम्मेलनः जलवायु नीति र व्यवहारबीचको खाडल पुर्न जोड
२०८३ बैसाख ११, शुक्रबार
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
२०८३ बैसाख ११, शुक्रबार
लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ के नेपालको चौथो अधिवेशन शनिवार हुँदै
२०८३ बैसाख ११, शुक्रबार
बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन
२०८३ बैसाख ११, शुक्रबार
चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी
२०८३ बैसाख ११, शुक्रबार
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
२०८३ बैसाख ११, शुक्रबार
अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
२०८३ बैसाख ११, शुक्रबार