बैसाख १२, २०८३ शनिबार April 25, 2026

लायन्स डिस्ट्रिक ३२५ ‘के’ नेपालको गभर्नरमा रमेश अधिकारी निर्वाचित

प्रथम भाइस डिष्ट्रिक गभर्नरमा बिष्णुहरी फुयाल र द्धितिय भाइस डिष्ट्रिक गभर्नरमा हसन कुमार गोपाली बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘के’ नेपालको नयाँ गभर्नरमा रमेश अधिकारी निर्वाचित भएका छन् । शनिवार काठमाण्डौंमा सम्पन्न डिस्ट्रिक ३२५ ‘के’ नेपालको चौथो राष्ट्रिय अधिवेशनले अधिकारीलाई गभर्नरमा निर्वाचित गरेको हो ।

May be an image of textत्यसैगरी अधिवेशनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नरमा बिष्णुहरी फुयाल र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा हसन कुमार गोपाली पनि निर्वाचित भए । नवनिर्वाचित गभर्नर अधिकारीले आफ्नो क्याबिनेट टिम पनि घोषणा गरेका छन् ।

डिस्ट्रिकको सचिवमा गणेश जिशी, कोषाध्यक्षमा चुडामणी सिलवाल लगायतलाई मनोनयन गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया