श्रावण १२, २०८३ मंगलबार July 28, 2026

‘मोटीघाटी माया’ बोलको गीत सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएका छैनन् । तर, त्यसयता कलाकारहरु म्युजिक भिडियो तथा अन्य रियालिटी शो’ बाट नाम कमाइरहेका छन ।

नायक पुष्प खड्का यतिवेला म्युजिक भिडियोमा व्यस्त छन् । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि मोक्तान पनि म्युजिक भिडियो तथा डान्सिङ रियालिटि शो मा ब्यस्त छिन् । यी दुबै नायक/नायिकाले पहिलोपटक एक म्युजिक भिडिओमा सँगै काम गरेका छन् ।

नायक खड्का र नायिका मोक्तानको अभिनय रहेको ‘मोटीघाटी माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत मेलिना राई र कोशिश क्षेत्रीले गाएका हुन् । सार्वजनिक भिडियोको सुरुमा सुमिको एक्सनलाइ देखाइएको छ । र, गीतमा धमकेदार डान्स रहेको छ ।

गीतमा कोशिस क्षेत्रीको कम्पोज लेखु सहयात्री शब्द र उदयराज पौडेलको एरेन्ज रहेको छ । त्यस्तै भिडियोको छायाँकन भने उत्तम हुमागाँईले गरेका हुन भने रमेश थापाको सम्पादन । भिडिओमा सुरेन्द्र बस्यालको कोरियोग्राफी र हरि हुमागाइको निर्देशन रहेको छ ।

पछिल्लोपटक पुष्प अभिनित फिल्म मारुनी हो । त्यसैगरि सुमि फिल्म सरौंतोमा देखा परेकी थिईन् । यी दुबै फिल्मले औसत रुपमा व्यापार गर्न सकेका थिए । तरपनि सरौतोमा सुमीको एक्सन र मारुनीमा पुष्पको अभिनयले चौतर्फी वाहवाही पाएको थियो ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार