बैसाख २४, २०८३ बिहिबार May 7, 2026

नयाँ फिल्म ‘मितज्यू’मा स्टार जोडीको द्वन्द्व, निर्माण टिम उत्साहित

जेठ ८ देखि ‘मितज्यू’ प्रदर्शनमा, दयाहाङ–सौगात जोडी फेरि पर्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेता दयाहाङ राईसौगात मल्ल फेरि एकपटक एकसाथ देखिने भएका छन्। आगामी जेठ ८ गते प्रदर्शनमा आउन लागेको मितज्यू मा यी दुई कलाकारको मुख्य भूमिका रहनेछ। नेपाली सिनेमामा सफल र दर्शकमाझ रुचाइएका कलाकारका रूपमा स्थापित दयाहाङ र सौगातले यसअघि पनि थुप्रै चर्चित चलचित्रमा सहकार्य गरिसकेका छन्।

विशेषगरी लुटकबड्डी जस्ता सफल चलचित्रपछि यो जोडीलाई नेपाली सिनेमाको सफल अनस्क्रिन जोडीका रूपमा लिने गरिएको छ। ती चलचित्रहरूमा जस्तै ‘मितज्यू’मा पनि उनीहरूबीच नोकझोक, द्वन्द्व र प्रतिस्पर्धात्मक सम्बन्ध देखाइएको छ। सार्वजनिक पोस्टर र टिजरमा दुवै कलाकार आमनेसामने देखिएका छन् भने कथाले उनीहरूलाई सँगै पनि रहने तर पूर्ण रूपमा मिल्न नसक्ने चरित्रमा प्रस्तुत गरेको संकेत दिएको छ।

निर्माण टिमका अनुसार यही द्वन्द्वात्मक सम्बन्ध नै चलचित्रको मुख्य आकर्षणमध्ये एक हुनेछ। निर्माता जनक घर्ती मगर ले दयाहाङ र सौगातको अभिनय तथा उनीहरूको पात्रबीचको टकराव दर्शकलाई मनोरञ्जक लाग्ने विश्वास व्यक्त गरेका छन्। उनले ‘मितज्यू’ दर्शकले लामो समयसम्म सम्झिने चलचित्र बन्ने दाबी पनि गरेका छन्।

चलचित्रलाई अनिल बुढा मगर ले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ। तेरियाको भने यो डेब्यु चलचित्र हो।

फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। चलचित्रको वितरण आरआरआर फिल्म ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया